माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा न्यौपाने र थापा


खबरस्टोरी संवाददाता
६ फाल्गुन २०७८, शुक्रबार
माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा न्यौपाने र थापा

काठमाडौ । माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप–महाप्रबन्धक (डीजीएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । 

बढुवा भएकाहरु सबै बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरु हुन् ।