उक्त सम्झौतापत्रमा बिएचसी इन्टरनेशल प्रालीको तर्फबाट प्रबन्ध निर्देशक हासिम अन्सारी तथा माछापुच्छ्रे बैेंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लिराम गिरीले हस्ताक्षर गरेका हुन् । पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भईरहेको अहिलेको परिवेशमा विद्मुतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्धेश्य एंव वतावरण संरक्षणमा टेवा पुर्याउने उद्धेश्यका साथ बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।
बिएचसी इन्टरनेशनलसंगको सम्झौता पछि बैंकका ग्राहकहरुले छ देखि १८ महिनासम्मका लागि शुन्य प्रतिशत इएमआईमा इन्स्टा पे मार्फत ओकिनवा ब्राण्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इस्टा पे बाट पाउन सक्नेछन् । साथै बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइनमार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा बिएचसी इन्टरनेशल प्रालिको नेपाल स्थित सबै शो रुममा मार्फत प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
बैंकले देशभर रहेका विभिन्न संघ संस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ । बैंकले पूर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ बटा शाखाहरु र १६५ शाखारहित बैकिङ सेवा, ८ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३७ स्थानवाट १३ लाखभन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०५ बटा एटीएमहरु संचालनमा रहेको छन् ।