माछापुच्छ्रे बैंकको १२ हजार कित्ता संस्थापक सेयर बिक्री


खबरस्टोरी संवाददाता
८ जेष्ठ २०७९, आईतवार
माछापुच्छ्रे बैंकको १२ हजार कित्ता संस्थापक सेयर बिक्री
काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापकले १२ हजार कित्ता सेयर बिक्री खुल्ला गरेका छन् । बैंकको १ जना संस्थापक सेयरधनी सरद कुमार नेपालको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो।

यो सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। यसको मूल्य भने तोकिएको छैन ।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाणपत्र संलग्न गरी बैंकको प्रधान कार्यालय काठमाडौं ,पुतलिसडक पुग्ने गरी आवेदन दिनुपर्नेछ।