यसअघि माछापुच्छ्रे मोवाइल मनी (एम ३) को रुपमा सञ्चालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि एमबिएल–एम स्र्माटकोरुपमा शुभारम्भ गरेको हो ।
विभिन्न नयाँ सुविधासहित शुभारम्भ गरिएको एमबिएल–एम स्र्माट एपमा आफैले पास वर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिष्टे«सन गर्न सकिने मोवाइल बाटै खाता खोल्न सकिने, मोवाइल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाइलमा नै हेर्न सकिने, नेपाल क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधा दिएको छ ।
बैंकले एमबिएल–एम स्र्माटलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको जानकारी दिएको छ ।
समय सापेक्ष आफ्ना सेवा सुविधालाई थपपस्किृत र परिमार्जित गर्दै लैजाने रणनिती तथा ग्राहकलाई पूर्णरुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्य सहित अगाडी बढिरहेको माछापुच्छ्रे बैंकले नेपाल मै पहिलो पटक वी च्याट पे सुरुवात गरेको थियो ।
त्यस्तै, आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबट ‘माया’ पनि नेपालमा पहिलो पटक माछापुच्छ्रे बैंकले नै शुभारम्भ गरेको हो । बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ्ग, आफ्नै वालेट, रेमिट एप लगायतका यस्ता थुपै सुविधाहको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।