माछापुच्छ्रे बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिसियु वार्ड हस्तान्तरण


खबरस्टोरी संवाददाता
२ चैत्र २०७८, बुधबार
माछापुच्छ्रे बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिसियु वार्ड हस्तान्तरण
काठमाडौं। माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यका साथ स्थापना गरेको उक्त २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो । 

मंगलबार आयोजित एक कार्यक्रमकाबिच माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले उक्त सिसियु वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी लाई हस्तान्तरण गरेका हुन् । उक्त सिसियु वार्ड हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक समितीका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ संस्थाहरुलाइ सहयोग गर्दे आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दे आएको छ ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्र्दे आइरहेको ।