मेगा बैंकको काठमाडौंमा एकैसाथ तीन नयाँ शाखा


खबरस्टोरी संवाददाता
१० चैत्र २०७८, बिहीबार
मेगा बैंकको काठमाडौंमा एकैसाथ तीन नयाँ शाखा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ । काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ ।

 अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगाले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।