महालक्ष्मी इन्स्योरेन्सको विशेष साधारण सभा बैशाख २५ मा, यी हुन् पेश हुने प्रस्तावहरु


खबरस्टोरी संवाददाता
१९ बैशाख २०७९, सोमबार
महालक्ष्मी इन्स्योरेन्सको विशेष साधारण सभा बैशाख २५ मा, यी हुन् पेश हुने प्रस्तावहरु
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आगामी वैशाख २५ गते हुने भएको छ । सभा होटल कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे सभा आरम्भ  हुने कम्पनीले जनाएको छ। 

सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब र जारी पुँजी ३ अर्ब रुपैयाँ पुर्‍याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सोही बमोजिम  कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्नेछ।

यस्तै, सभामा पुँजी वृद्धि भए बमोजीम सर्वसाधरणलाई छुट्याइएको सेयर सार्वजनिक निष्कासनको प्रस्ताव पनि पारित हुनेछ।