महालक्ष्मी लाईफद्धारा बार्षिक क्यालेण्डर सार्वजनिक


खबरस्टोरी संवाददाता
१४ चैत्र २०७८, सोमबार
महालक्ष्मी लाईफद्धारा बार्षिक क्यालेण्डर सार्वजनिक
काठमाडौं। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले आईतबार प्रधान कार्यलायमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ । 

प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा संचालकहरु उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो । कारोबार संचालन भएको तीन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखा-उपशाखा संचालनमा रहेको छ भने तिन वर्षको अवधिमा कम्पनीले तीन अर्ब भन्दा बढी प्रिमियम संकलन गरिसकेको छ ।  कम्पनीले आउने आषाढ भित्र चुक्ता पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई विक्रि गर्ने गरी तैयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ ।