महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण


खबरस्टोरी संवाददाता
२६ चैत्र २०७८, शनिबार
महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । शुक्रबार आयाजित एक विशेष कार्यक्रमकाबीच उक्त शाखाको समुद्घाटन संयुक्तरुपमा बैंकका सञ्चालक राहुल अग्रवाल र पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले गरेका हुुन् ।

कार्यक्रममा बैँकका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले बैंकले गर्दै आएको विभिन्न गतिबिधिहरुबारे प्रकाश पारेका थिए । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर अझ उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । 

शाखाका प्रबन्धक कृष्णबहादुर गुरुङले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिवद्धता जनाए । 

महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ ।