महालक्ष्मी विकास बैंकद्वारा नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग


खबरस्टोरी संवाददाता
१ चैत्र २०७८, मंगलवार
महालक्ष्मी विकास बैंकद्वारा नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग
काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्ने उदेश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै बैंकको दरवारमार्ग शाखाले नक्साल,काठमाडौँ  स्थित नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामाग्री तथा पानी ट्याङ्कीका लागि ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।

 विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाबिच उक्त सहयोग रकम प्रदान गरिएको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा सँगसँगै शारिरिक तथा बौद्घिक विकासका लागि खेलकुद अपरिहार्य भएको र कोभिड ̵ १९ को जोखिमलाई न्युनिकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उदे्श्यले उक्त सहयोग प्रदान गरिएको दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए । 

यस सहयोगबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको स्वस्थजिवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले बैंकले विद्यालयलाई विगतमा पनि बास्केटबल कोर्ट तथा टेबल टेनिस कोर्ट तयार गर्न सहयोग गरेको व्यहोरा जानकारी गराउदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे । 

बैंकको कर्पोरेट कम्युनिकेशन विभागका प्रमुख अमितकुमार झाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षातथा खेलकुद अपरिहार्य रहेको बताउदै यो सहयोगले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारीरुपमा निरन्तरता दिने बैंकले जनाएको छ । 

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीन वटा शाखाहरु मार्फत करिब छ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । 

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उदेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।