महालक्ष्मी विकास बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग


खबरस्टोरी संवाददाता
२४ चैत्र २०७८, बिहीबार
महालक्ष्मी विकास बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत नक्साल, काठमाडौंमा अवस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र संवद्र्वनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापित संगठनमा रहदै आएका फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलो होस् भन्ने उद्ेश्यले बैंकले फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको जानकारी दिएको छ । 

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष प्रेम प्रसाद पराजूली र प्रमुख कार्यकारी अधिकृत अजयकुमार शाहले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणीय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तररुपमा सञ्चालन गर्ने बैंकले जानकारी दिएको छ । 

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।