उक्त कार्यक्रममा संचालक समिति सदस्य डा. श्रेष्ठले वि.स. १९९४ मा स्थापित देश कै पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउदै बैंकिङ सेवा दिने क्रममा क्याम्पसमा बैंकिङ सेवाको लागि एक्स्टेन्सन काउन्टर स्थापना गरेको बताए । उनले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ सेवाभावको साथ बौद्धिक युवा जनशक्तिबाट गुणस्तरिय सेवा प्रवाहका साथ समय सगै अगाडि बढिरहेको विषय राख्दै क्याम्पसले विश्वास गरि थप सेवा गर्ने मौका दिएकोमा क्याम्पसलाई विशेष धन्यवाद व्यक्त गरे ।
यसैगरी क्याम्पस प्रमुख भण्डारीले पुरानो बैंकिङ्ग ईतिहास र अनुभव भएको बैंकको एक्स्टेन्सन काउन्टर क्याम्पस परिसरमा संचालन हुनगएकोमा सहर्ष धन्यवाद दिदैं बैंकको सेवा प्रवाह उच्चस्तरिय रहेको र बैंकले प्रस्ताव गरेका विभिन्न डिजिटल लगायत बैंकिङ प्रडक्ट क्याम्पसले प्रयोग गरी लाभन्वित पनि भईरहेको सन्दर्भ उल्लेख गरे ।
सो कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सूर्य प्रकाश भट्ट, धरान शाखाका शाखा प्रवन्धक लगायतका बैंक कर्मचारीहरु तथा क्याम्पसकातर्फबाट प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । वि.सं. २०१२ सालमा स्थापना भएको पूर्व क्षेत्रकै पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा हाल ५ हजार ५ सय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।