मुक्तिनाथ विकास बैंंकका सीईओ ब्यवस्थापन संघमा विजयी


खबरस्टोरी संवाददाता
३० चैत्र २०७८, बुधबार
मुक्तिनाथ विकास बैंंकका सीईओ ब्यवस्थापन संघमा विजयी
काठमाडौं । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रदयूमन पोखरेलले नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ अत्याधिक मत ल्याई विजयी भएका छन् ।

शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याकाबारे जानकारी गराइएको थियो । यस विजयबाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीहरुमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।