बैंकले निल सागर सेवा आश्रमलाई एक कार्यक्रमबिच उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंककातर्फबाट सिसहनिया शाखाका प्रबन्धक दिपककुमार पाण्डे र अन्य कर्मचारीहरुको उपस्थिति तथा निलसागर सेवा आश्रमकातर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
यो सहयोगबाट निलसागर सेवा आश्रम रहेर बसेका ज्येष्ठ नागरिक, अशक्त नागरिकको पूनः स्थापना गर्न मद्धत पुग्ने धारणा बैंकले लिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यो सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।