मनलाग्दी कर्जाले वित्तीय संस्था नै संकटमा


उमेश थापा
१५ बैशाख २०७९, बिहीबार
मनलाग्दी कर्जाले वित्तीय संस्था नै संकटमा
अहिले हरेक नागरिकको मुखमा एउटै कुरा झुण्डिएको छ । बाटो हिड्दा बालबालिकादेखि ज्येष्ठ नागरिकको एउटै कुरा दोहोप्याइरहेका छन् । एक बर्ष अगाडि जग्गा व्यपारीसँग वा जग्गा धनीसँग आनाको ४० लाखमा किनेको जग्गा मुल्य घटेर १५ लाखमा बेच्छु भन्दा पनि किन्ने मान्छे शून्य छन् । आनाको ४० लाखमा किनेको जग्गा  बैंङक फाइनान्समा रोका राखेर कर्जा लिन्छन् । 

४० लाख आनामा किनेको जग्गाको कर्जा २५ लाखमा त्यही जग्गा राखेर दियो । त्यसैगरी, बैंङक वा सहकारीलाई घुस दिएर कर्जा दिएका छन् । ब्याज बढेर अहिले २८ लाख पुगेको छ । ४० लाखमा किनेको जग्गाको मुल्य घटेर अहिले १५ लाखमा आइसकेको बताइन्छ । आफनो मान्छे हुँदा बैंङक र सहकारीका कर्मचारीहरु मनलाग्दी कर्जा दिँदा यिनीहरु आफैपनि डुब्ने अवस्थामा आइपुगेको हो । 

बैंङक र सहकारी डुब्नु भनेको जनताको पैसा डुब्नु हो । कम लगानी गर्ने ठाउँमा बढी लगानी भएपछि बैकिङ क्षेत्र शिथिल बनेको हो । १ कित्ता सेयरको मुल्य बैंङकले निकास गर्दा सय रुपैंया पर्छ । सेयर कारोबारीहरुले त्यही सेयर दुई हजारदेखि तीन हजारमा बेच्छन् । त्यही सेयर धित्तो राखेर कर्जा लिन्छन् ।

अहिले मुल्य घटेर दुई सयमा पनि बिक्रि हुँदैन । बैंङक र सहकारीको सेयरमा ठूलो लगानी छ ।  सेयरमा बैंङक र सहकारीका अत्याधिक लगानी भएकाले यो पनि डुब्ने आटिसकेको पाइन्छ । निजी प्लेटको गाडी बैंङक र सहकारीको निकै लगानी छ । पाँच लाखमा किनेको गाडी दुई लाखका बेच्छुभन्दा पनि किन्ने कोही छैनन् ।

बैंङक र सहकारीहरु डुब्ने अवस्थामा आइपुगेको अर्थविद्हरु बताउँछन् । बैंङक र सहकारीबाट ऋण खाने व्यक्तिले किस्ता हाल्न सकेको छैन । ऋणीहरु बैंङक र सहकारीको कस्ता तिर्न नसकेर मर्नु कि भाग्नु अवस्थामा आइसकेका छन् । ऋणीहरुले धितो लिलाम गर भन्दा बैंङक र सहकारीले लिलाम गर्न सक्ने अवस्थामा छैन । थप धितो सक्ने अवस्था ऋणीहरुको छैन । 

अहिले धितो लिलाम गर्दा पनि बैंङक र सहकारीको साहुब्याज उठ्दैन । आफ्नो पैसा बैंङकबाट निकाल्न जाँदा पनि किस्ताबन्दी लिएर जानुस् भन्छन् । बैंङक र सहकारीहरुले पैसा निकाल्न जाँदा यही राख्नु ब्याज बढाइदिन्छु भनेर फकाउँछन् । सहकारीहरुमा अहिले रकम छैन् । बचतकर्ताले बचत गर्न पनि छाडिसकेका छन् । 

कति सहकारी भागिसके कत्ति सहकारी भाग्न तम्तयार भएका छन् । बुद्धिजिवी, अर्थविद् विज्ञहरु धेरै सहकारीहरु भाग्छन् भन्छन् । सहकारीलाई जनताले विश्वासमा गर्दैन । अहिले निजी बैंङकमा त डिपोजिट राख्ने ठ्याक्कै रोकिसकेका छन् । बैंङक र सहकारी धरायसीमा पुग्न अवस्थामा आएको हो । 

पैसा निकाल्न सर्वसाधारण नागरिक दिनहुँ बैंङक धाइरहेका छन् । तर बैंकले पैसा दिन आलटाल गरिरहेका छन् भने सर्वसाधारणलाई उत्तिकै सास्ती भएको छ । बैंङक र सहकारीले कर्जा प्रवाह गरेको ठाउँबाट कर्जा उठाउन पनि सक्दैन अनि थप डिपेजिट पनि राख्दैन । सहकारीहरुले अहिले कर्मचारी तलब दिन नसकेर निकालिरहेका छन् । 

जनतालाई अहिले निद्रा लाग्दैन आफनो पैसा डुब्छ भनेर । ब्याजको लोभका पैसा डिपोजिट गरेर पेसा निकाल्न जाँदा सहकारीका साहुहरुले आश्वासनबाहेक केही दिन सक्दैनन् । देशको अर्थतन्त्र धरायसी हुँदा बैंङक र सहकारीमा तरलता प्रत्येक दिन बढिरहेको छ । खेतीयोग्य भुमिमा अहिले पनि घर बनाइरहेको छन् ।

खाध्यान्न संकट हुन्छ भने बजारमा परिचर्चा सुरु भइसकेको छ । भूमिसुधार मन्त्रालयले प्लटिङ गर्न रोक लगाइदिएको भए यस्तो अवस्था सायदै आउथ्यो होला । राज्यले कर उठाउने काम गरिरहेको छ । तर पेन्सन, सरकारी कर्मचारी, वृद्धभत्ता, जनप्रतिनिधि, प्रधानमन्त्री, राष्ट्रपति कर सिद्धिरहेको छ । थप विदेशी देशहरुसँग ऋण लिने कि तलब भत्ता पेन्सन खाने ? यस्तो अवस्था आइपरेको छ । एकजना नेपालीको टाउको ७० हजार विदेशी ऋण बोकेका छन् । 

ऋण बोक्ने नेपाली, तलब भत्ता खाने यिनीहरु ? यसको औचित्य के छ । नेपाललाई ऋण लगाएको कर्मचारी र नेताहरुले हो ? भन्ने आरोप प्रत्यारोप लागिरहेको छ । मँहगीले जनता बाँच्न नसक्ने अवस्था पुगेका छन् । बिहान बेलुका भान्सा चाहिने सम्पुर्ण साम्रगी छिमेकी मुलुकबाट आयात हुन्छ । 

जमिन सबै बाटो र घर बनाएर सखापै भइसकेको छ । नेपालीहरु विदेशी देशहरुकोे आशमा बाँचेका छन् । विदेशीको व्यपार गर्ने थलो नेपाल बनेको छ । जसका कारण नेपालको पैसा विदेश गएको छ । प्रत्येक दिन व्यापार घाटा बढ्दो छ । मान्छेहरुले पैसा लुकाइरहेका छन् । सरकारले ठूला नाटमा प्रतिबन्ध लगाउदैन् । 

नयाँ नोट पनि निकाल्न चासो देखाउदैन् । सबै मानिसहरुले पैसा लुकाउँदा बैंङक र सहकारीमा तरलता बढेको पाइन्छ  । सरकारको कारणले घरजग्गा व्यवसायी, अटोशोरुम, सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । ऋण तिर्न नसकेर, व्यापार नभएर यिनीहरुको मुल्य बढ्दो छ । 

अन्य व्यवसायीहरु पनि ऋण तिर्ने नसकेर भाग्ने अवस्थामा आइपुगेका छन् । बैंङक र सहकारीहरु धरासायीमा पुगेको छ । जति बढि ब्याज दिन्छु भन्दा पनि व्यक्तिहरुले बैंङक र सहकारीमा पैसा राख्दैनन् । अहिले जनतामा चेतना आइसक्यो ब्याजको लोभमा सावाँ नै डुब्छ भनेर जनताहरुले थाहा पाइसके । 

नेपालमा लगभग तीस हजार सहकारी दर्ता छन् । यी सबै सहकारीमा जनताहरुको पाँच खर्बभन्दा बढि पैसा जम्मा गरेका छन् त्यो पैसा डुब्ने अवस्थामा पुगेको छ । अझै, पनि सहकारीहरुले बजारबाट पैसा उठाइरहेका छन् जनताहरुले पनि विश्वास गरिरहेका छन् । कति सहकारी भागसिके कति भाग्ने अवस्थामा आइसकेका छन् । 

कति बन्द हुनेमा तर अझैं पनि जनताले पैसा जम्मा गर्ने छाडेका छैनन् । हिजो बैंङक र सहकारीहरुले ३ प्रतिशत सेवा शुल्कदेखि १४ प्रतिशतदेखि १८ प्रतिशतसम्म ब्याज असुल्ने काम गरे । 

अब सरकारले बेलैमा निर्णय नगर्ने हो भने संकट गहिरिँदै जान्छ । सेयर घरजग्गा गाडीहरुको मुल्य घट्दै जान्छ । देशमा भोकमरी सुरु हुन्छ । भोकमरीबाट बचाउनको लागि अहिलेदेखि नै खेतीयोग्य जमिनमा घर बनाउन दिनुहुन्न । जसले खेतीयोग्य जमिनमा घर बनाएको छ उसलाई करको दायरामा ल्याउनपर्छ भने जसले खेती गरेको छ । उसलाई कर छुट हुनुपर्छ । यसमा सरकारले सक्दो नियन्त्रण गर्नुपर्छ ।