मेरिना इम्पेक्सले समय समयमा आफ्ना ग्राहका लागि विभिन्न योजना तथा अफरहरु समेत सार्वजनिक गर्ने गरेको छ । ग्राहककै सुविधा र स्वास्थ्यलाई मध्यनजर गर्दै इम्पेक्सले महामारीको समयमा पनि होम सर्भिसमार्फत आफ्नो कामलाई निरन्तरता दिएको थियो । वर्षगाँठको अवसरमा इम्पेक्सका निर्देशक अर्जुन बस्नेतले आफूहरु सदैव ग्राहकको सुविधाका लागि अग्रसर रहेको जनाउँदै आउँदो दिनहरुमा समेत इम्पेक्सले ग्राहकका लागि विभिन्न सेवा सुविधा र अफरलगाएतका कार्यक्रम तयार पारेको बताए । इम्पेक्सले हाल न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।