प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टीको विभागीय कमिटीमा रहेको नाम एम. अधिकारी नै गभर्नर महाप्रसाद अधिकारी भएको आरोप सत्ता गठबन्धन दलका नेताहरुले नै लगाएका छन् । अधिकारीको नाम प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्य रहेको कुरा बाहिर आएपछि चौतर्फी उनको राजीनामा माग उठिरहेको छ। यद्यपि एमालेले भने आरोपको खण्डन गरिरहेको छ ।
चर्को आलोचना र राजीनामा दबाबका कारण अधिकारी पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन नसकेको बताइएको छ। गभर्नर अधिकारी सहभागी नभएपछि डेपुटी गभर्नर बमबहादर मिश्र कार्यक्रममा सहभागी भएका छन्।
एक्यानका अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा आईक्यानको प्रेसिडेन्ट युद्धराज ओली व्यवसायी तथा उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, बैंकर मनोज ज्ञवाली लगायत अर्थविद, अर्थ क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ ।