नबिल बैंकमा सीईओको कार्यभार ज्ञानेन्द्र ढुंगानाले सम्हाले


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
नबिल बैंकमा सीईओको कार्यभार ज्ञानेन्द्र ढुंगानाले सम्हाले
काठमाडौँ। नबिल बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कार्यभार  ज्ञानेन्द्र ढुंगानाले सम्हालेका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो । 

उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।