नबिल र नेपाल-बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी


खबरस्टोरी संवाददाता
३ असार २०७९, शुक्रबार
नबिल र नेपाल-बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी
काठमाडौं।  नबिल बैंक र नेपाल-बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सम्भवतः अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको छ । 

राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव सञ्चालक समितिमा लगिने जानकारी दिए ।  केन्द्रीय बैंकस्थित एक उच्च स्रोतका अनुसार नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषयको फाइल अगाडि बढेको छ ।