राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव सञ्चालक समितिमा लगिने जानकारी दिए । केन्द्रीय बैंकस्थित एक उच्च स्रोतका अनुसार नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषयको फाइल अगाडि बढेको छ ।