नक्सालमा फक्सवागन गाडीको सुविधा सम्पन्न शोरुम


खबरस्टोरी संवाददाता
१ असार २०७९, बुधबार
नक्सालमा फक्सवागन गाडीको सुविधा सम्पन्न शोरुम
काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्टान्डर्डको फ्ल्यागशिप शोरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो माग अनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिन वहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त शोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

शोरुम उद्घाटनबारे टिप्पणी गर्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक विजुक्छेले भने, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधा सम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी छौं । यो सोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउनेछ ।’ नयाँ सोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिए । 

प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार यो सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनाव मुक्त भै फ्री सर्विसिंग र फ्रि कन्जुमबेल्स पाउनेछन् । 

पूजा इन्टरनेशनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ । फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छ । नेपालमा फक्सवागनका १० भन्दा बढी शोरुम र ९ वटा सर्विस सेन्टर सञ्चालनमा रहेका छन् ।