आधुनिक स्टायलसंगै स्मार्ट डिजाइन थिममा तयार पारिएको यो स्कुटर एकदमै स्टाइलिस देखिएको छ । यो स्कुटरमा कम्पनीले ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरेको छ । जसलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखी १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । ८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाक्न सकिने यो स्कुटरको दुबै चक्कामा ट्युवलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ ।
यो स्कुटरमा रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेरिङ ह्यान्डलबार लक, राइट ह्यान्ड कम्विनेशन स्विच, फ्रन्ट फेन्डर, राइट रिफ्लेक्टर र भेहिकल आइडेन्टिफिकेसन नम्वर जस्ता फिचर्स दिइएको छ । रेड, ह्वाइट र ग्रे गरी कुल तीन कलर अप्सनमा उपलब्ध यसको शुरुवाती मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।