कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस प्रमुख दुर्गा प्रसाद नेपालले ब्रिलियन्ट क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरि डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यबाद दिंदै बिधार्थीहरुले यस कार्यक्रमबाट बढि भन्दा बढि लाभ लिने बिश्वास व्यक्त भएको थियो । हाल नेपाल बैंकमा नयाँ जोश जाँगर भएका, प्रतिस्पर्धी सोच भएका उर्जाशिल कर्मचारीहरु रहेको उल्लेख गर्दै उनले नेपालको पहिलो बैंकले आम नेपालीमा वित्तीय पहुँच पुर्याउन गरिरहेको वित्तीय साक्षरता अभियान निकै प्रशंसनीय कार्य भएको बताए ।
नेपाल बैंक चावहिल शाखाका शाखा प्रबन्धक द्वारिका घोरासैनीले नेपाल बैंक र बिलियन्ट क्याम्पस बिच रहेको निकट सम्बन्ध आगामि दिनमा थप मजबुत हुंदै जाने छ भन्ने बिश्वास व्यक्त गरे । उक्त कार्यक्रममा नेपाल बैंक मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलले वित्तीय साक्षरता सम्बन्धि बिभिन्न आयामहरुमा विद्यार्धिहरुलाई प्रशिक्षण दिंदै नेपाल बैंकले विद्यार्धिहरुलाई लक्षित गरि ल्याएका बिभिन्न बैंकिङ्ग प्रोडक्ट तथा सेवा सुबिधाहरुको वारेमा जानकारी गराए ।
अनवरत विश्वासको ८५ औ बर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रुपमा रहन सफल भएको छ । बैंकले हाल नेपालभर २१३ शाखाहरु १६० एटिएम,र ५० एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बंैकिङ् सेवा उपलब्ध गराईरहेको छ ।