सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंमा भएको एक समारोहमा नेपाल बैंक लिमिटेड मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुख संजिब जोशी, नेपाल टेलिकमका उपप्रबन्धकहरु खगेन्द्रबहादुर श्रेष्ठ र रंजित लोहिया लगायतको उपस्थिति थियो । उक्त सम्झौता अनुसार नेपाल टेलिकमको मोवाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोवाइल बैंकिङ्ग रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोवाइल बैंकिङ्ग एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो ।
नेपालभर २१३ शाखाहरु, १७९ एटीएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।