नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठानबाट सुरु


खबरस्टोरी संवाददाता
१० जेष्ठ २०७९, मंगलवार
नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठानबाट सुरु
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । 

सरल र मर्मस्पर्सी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आमनागरिकको घरदैलो मै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनिय भूमिका निभाउने कम्पनीको विश्वास छ ।

 बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार बीमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको छ । स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।