नेपालभरका होन्डा शोरुममा निःशुल्क शौचालय


खबरस्टोरी संवाददाता
२३ जेष्ठ २०७९, सोमबार
नेपालभरका होन्डा शोरुममा निःशुल्क शौचालय
काठमाडौँ । होन्डा नेपालले आफ्ना सबै शोरुमहरुमा निःशुल्क शौचालय उपलब्ध गराउने घोषणा गरेको छ। 

कम्पनीले ‘परिवर्तन सुरु हुन्छ हामीबाट’ भन्दै यस्तो घोषणा गरेको हो। नेपालभर कम्पनीका सयभन्दा बढी शोरुम र डिलर रहेका छन्। ती सबैमा निःशुल्क सार्वजनिक शौचालय हुनेछ। 

काठमाडौंमा मेयर बालेन्द्र शाहले होटल तथा रेष्टुराँमा सार्वजनिक शौचालयको अवधारणा ल्याएपछि व्यावसायिक क्षेत्रबाट उनको एजेन्डालाई समर्थन प्राप्त भइरहेको छ।