नेपालमै गाडी बनाए भन्सारमा ५० र अन्तशुल्कमा २५ प्रतिशतले छुट


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
नेपालमै गाडी बनाए भन्सारमा ५० र अन्तशुल्कमा २५ प्रतिशतले  छुट
काठमाडौं / सरकारले नेपालमै सवारीसाधन उत्पादनलाई प्राथमिकता दिएको छ।

आगामी आवको बजेटमा सरकारले नेपालमै उत्पादन गर्न चाहने उद्योगले ल्याउने कच्चा पदार्थमा भन्सारमा ५० प्रतिशत र अन्तःशुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

यस्तो छुट उद्योग विभागको सिफारिसमा दिइने बजेटमा उल्लेख छ।