नेप्से ओरालोतर्फ, ४४ अंंकले घट्दा दुई अर्ब २६ करोडको कारोबार


खबरस्टोरी संवाददाता
२८ चैत्र २०७८, सोमबार
नेप्से ओरालोतर्फ, ४४ अंंकले घट्दा दुई अर्ब २६ करोडको कारोबार
काठमाडौं । नेप्से लगातार ओरालो तर्फ उन्मुख भएको देखिएको छ । साताको दोस्रो कारोबार दिन तर कारोबार खुलेको आज पहिलो दिन सोमबार नेप्से केही समय उच्च अंकले बढेको थियो । तर नेप्सेको त्यो बढाई लामो समय टिक्न सकेन् । अन्तिम समयमा आएर नेप्से ४४ दशमलव ६४ अंकले घटेर २४ सय १९ दशमलव ७१ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि नौं दशमलव ३८ अंकले घटेर चार सय ५४ दशमलव ३७ अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज दुई सय ३३ वटा कम्पनीहरुको ४० हजार पाँच सय सात पटकको कारोबारमा ५० लाख ९५ हजार आठ सय ३४ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचको आधारमा आज कुल कारोबार रकम दुई अर्ब २६ करोड सात लाख ८६ हजार छ सय २८ रुपैयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक ओरालो लाग्दा नेप्से पुरै रातो भएको छ ।

यसैगरी कारोबार भएका कुुल कम्पनीहरु मध्ये नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था आदिलेक कमाए पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड आदिले भने गुमाएका छन् । रकम कारोबारतर्फ भने आज नेपाल लाईफ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण भ्याली हाईडो पावर लिमिटेड आदिको बढी रकम कारोबार भएको छ ।