काठमाडौँ। नेप्से सुचक संगै कारोबार रकम पनि ओरालो लागेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से ३० दशमलव २९ अंकले घटेर २५ सय १४ दशमलव ६५ अंकमा खुम्चिएको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४६ अंकले घटेर चार सय ८७ दशमलव सात अंकमा खुम्चिएको छ ।
आज दुई सय २९ वटा कम्पनीहरुको ३९ हजरा सात सय ८८ पटक शेयर कारोबार भएको छ । जसबाट आज ४९ लाख ५९ हजार नौ सय १९ कित्ता शेयर किनबेच भएको छ भने कारोबार रकम दुई अर्ब ३५ करोड २३ लाख १७ हजार एक सय ४२ रुपैयाँ रहेको छ ।
नेप्सेमा आज १३ वटा कारोबार भएकोमा १३ वटै समुहको सुचक ओरालो लाग्दा नेप्से पुरै रातो भएको छ । जसमध्ये आज बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा र जीवन बीमा समुहको सुचक उच्च अंकले घटेका छन् भने टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकमा सामान्य गिरावट देखिएको छ ।
कारोबार भएका कुुल कम्पनीहरु मध्येमा भने माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, इमर्जजिङ नेपाल हाईड्रो पावर लिमिटेड, आदिले कमाएका छन् भने बिशाल बजार कम्पनी लिमिटेड, बुद्धभुमी नेपाल हाईड्रो पावर कम्पनी लिमिटेड आदिले गुमाएका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल टेलिकम, शिवम सिमेन्ट लिमिटेड लगायतका कम्पनीहरु पर्न सफल भएका छन् ।