नेप्सेमा १४ अंकको गिरावट, एक अर्ब ७५ करोड रुपैयाँको कारोबार


खबरस्टोरी संवाददाता
१५ चैत्र २०७८, मंगलवार
नेप्सेमा १४ अंकको गिरावट, एक अर्ब ७५ करोड रुपैयाँको कारोबार
काठमाडौं।  नेप्सेको उच्च गिरावटले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । नेप्से आज १४ दशमलव २६ अंकले घटेर २५ सय २७ दशमलव ५८ अंकमा खुम्चिएको छ । यसैगरी  सेन्सिटिभ इन्डेक्स पनि पनि दुई दशमलव १५ अंकले घटेर चार सय ७१ दशमलव ९३ अंंकमा खुम्चिएको छ ।

नेप्सेमा आज सबै समुहका गरी कुल दुई सय २५ वटा कम्पनीहरुको ३१ हजार चार सय ३१ पटकको कारोबारमा ३८ लाख ९० हजार एक सय ३१ कित्ता सेयर कारोबार भएका छन् ।  सोही कारोबारका आधारमा आज कुल कारोबार रकम एक अर्ब ७५ करोड छ लाख २८ हजार एक सय ९९ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये होटल तथा पर्यटन समुहको सुचक बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरुको सुचक घटेका छन् । 

यसैगरी आज इर्मर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने एनआईबिएल समृद्धि फण्ड २, सगरमाथा इन्स्योेन्स कम्पनी आदिले गुमाएका छन् । शिवम सिमेन्ट, ग्लोवल आईएमई बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, जीवन बिकास लघुवित्त वित्तीय संस्था आदिको पनि बढी रकम कारोबार भएका छन् ।