नेप्सेमा ४५ अंकको गिरावट, एक अर्ब ३१ करोडको सेयर कारोबार


खबरस्टोरी संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार
नेप्सेमा ४५ अंकको गिरावट, एक अर्ब ३१ करोडको सेयर कारोबार
काठमाडौं।  नेप्से निरन्तर ओरालो लागेको छ । अघिल्लो दिन १२ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन मंगलबार पुन: ४५ दशमलव ५९ अंकले घटेर दुई हजार २० दशमलव २३ अंकमा खुम्चिएको छ । 

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २४ अंकले घटेर तीन सय ८९ दशमलव १२ अंकमा खुम्चिएको छ । दुई सय ३४ वटा कम्पनीहरुको २८ हजार नौं सय ५९ पटकको कारोबारमा आज ३८ लाख ८७ हजार सात सय ४८ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ३१ करोड २८ लाख छ हजार पाँच सय ६३ रुपैंयाँ पुगेको छ । 

नेप्सेका आज कारोबार भएका १३ वटा समुहहरु मध्उेमा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । 

आज कारोबार भएका कुल कम्पनीहरु मध्ये उपकार लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाईड्रो पावर कम्पनी आदिले कमाएका छन् भने हिमालयन बैंक, आईएमई जनरल इन्स्योरेन्स कम्पनी, ज्योति बिकास बैंक आदिले गुमाएका छन् । एनाआईसी एशिया बैंक, कुमारी बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएका छन् ।