आज दुई सय २८ वटा कम्पनीहरुको ४५ हजार आठ सय ९४ पटकको कारोबारमा ५८ लाख ४१ हजार नौं सय ९८ कित्ता सेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ६७ करोड १२ लाख ३२ हजार तीन सय ८८ रुपैयाँमा सिमित हुन पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये होटल तथा पर्यटन समुहको सुचक बढेर बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले घट्दा नेप्से पुरै रातो देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने इर्मर्जिङ नेपाल लिमिटेड, राष्ट्रिय बीमा कम्पनी आदिले गुमाएका छन् । यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्राली, नविल बैंक आदिको भने बढी रकम कारोबार भएका छन् ।