नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो


खबरस्टोरी संवाददाता
१ चैत्र २०७८, मंगलवार
नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज ( मंगलबार) नेप्से सुचक तथा कारोबार रकम दुबैमा गिरावट आएको छ । अघिल्लो दुई कार्य दिन बढेको नेप्से आज भने १७ दशमलव १५ अंकले घटेर २६ सय ५० दशमलव ९७ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव २६ अंकले घटेर पाँच सय दुुई दशमलव ५९ अंकमा खुम्चिएको छ ।

नेप्सेमा आज कुल दुई सय २९ वटा कम्पनीहहरुको ४६ हजार दुई सय ८७ पटकको कारोबारमा ६५ लाख २९ हजार २६ कित्ता शेयर किनबेच भएका छन् । यसबाट आज कुल रकम तीन अर्ब ३६ करोड ४२ लाख २९ हजार एक सय ७५ रुपैयाँ पुग्न सफल भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन र सामुहिक लगानी कोष सहितका चार वटा समुहहरुको सुचक बढेको भएपनि बाँणिज्य बैंक, बिकास बैंक, जलविद्युत, फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी सहितका नौ वटा समुहहरुको सुचक भने घटेका छन् । 

कारोबार भएका कुुल कम्पनीहरु मध्ये भने आज इर्मजिङ नेपाल लिमिटेड, नेपाल पुर्नबीमा कम्पनी, गोर्खाज फाईनान्स आदिले कमाएका छन् भने मैलुङ खोला जलबिद्युत कम्पनी, नेपाल टेलिकम, लिर्वटी इर्नर्जी कम्पनी आदिले गुमाएका छन् । रकम कारोबारका आधारमा भने आज नेपाल टेलिकम, अपी पावर लिमिटेड, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।