नेप्सेमा ३५.६६ अंकको वृद्धि, कारोबार रकममा पनि सुधार


खबरस्टोरी संवाददाता
२४ चैत्र २०७८, बिहीबार
नेप्सेमा ३५.६६ अंकको वृद्धि, कारोबार रकममा पनि सुधार
काठमाडौं। साताको अन्तिम कारोबार दिन  बिहिबार नेप्से सुचक तथा कारोबार रकम दुबै बढेका छन् । यसअघि लगातार घट्दै आएको नेप्से आज ३५ दशमलव ६६ अंकले बढेर २४ सय ६४ दशमलव ३१ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १३ अंकले बढेर चार सय ६३ दशमलव ७३ अंंकमा चढन् पुग्न सफल भएको छ । 

दुई सय २४ वटा कम्पनीहरुको ४२ हजार पाँच सय छ पटकको कारोबारमा आज ५४ लाख ४४ हजार सात सय ३८ कित्ता सेयर किनबेच भएको छ । सोही अनुरुप आज कुल कारोबार रकम दुई अर्ब १२ करोड १५ लाख ११ हजार दुई सय ८० रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा बाँणिज्य बैंक, बिकास बैक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा १३ वटै समुहहरुको सुचक उच्च अंकले बढ्दा नेप्से पुरै हरियो भएको छ । 

यसैगरी आज हिमालयन पावर पार्टनर लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड आदिको सेयर मुल्य बढ्दा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड आदिको सेयर मुल्य घटेको छ । रकम कारोबारका आधारमा भने आज नविल बैंक, प्राईम कर्मसियल बैंक, इर्मर्जिङ नेपाल लिमिटेड लगायतका कम्पनीहरु अगाडि परेका छन् ।