नेप्सेमा १६ अंकको वृद्धि, ११ समुहले कमाउँदा दुई समुहले गुमाए


खबरस्टोरी संवाददाता
१० जेष्ठ २०७९, मंगलवार
नेप्सेमा १६ अंकको वृद्धि, ११ समुहले कमाउँदा दुई समुहले गुमाए
काठमाडौं। नेप्से बढेको छ । अघिल्लो दिन ३४ अंकले घटेको नेप्से मंगलबार भने १६ दशमलव ३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अंकमा चढ्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६२ अंकले बढेर चार सय ३२ दशमलव ६७ अंकमा पुग्न सफल भएका छन् । 

नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरुको २१ हजार सात सय नौं पटकको कारोबारमा ३१ लाख सात सय ३० कित्ता सेयर कारोबार भएको छ । जसबाट कुल कारोबार रकम एक अर्ब आठ करोड ८८ लाख ३३ हजार पाँच सय ४२ रुपैंयाँ पुग्न सफल भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा ट्रेडिङ र सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लगानी सहितका ११ वटा समुहहरुको सुचक बढेका छन् । 

यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्ये लक्ष्मी लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, गोर्खाज फाईनान्स, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदिले कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी बैंकको ऋणपत्र, प्रभु लाईफ इन्स्योरेन्स कम्पनी आदिले गुमाएका छन् । 

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर, अरुण कावेली पावर लिमिटेड, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।