नेप्सेमा ११ अंकले करेक्सन: एक अर्ब ७० करोडको सेयर किनबेच


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
नेप्सेमा ११ अंकले करेक्सन: एक अर्ब ७० करोडको सेयर किनबेच
काठमाडौं। नेप्से आज बढेको छ । अघिल्लो दिन ७७ अंकले घटेको नेप्से आज मंगलबार भने ११ दशमलव ६८ अंकले बढेर १९ सय २७ दशमलव २८ अंकमा चढ्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य नौं अंकले बढेर तीन सय ६८ दशमलव ९५ अंकमा पुग्न सफल भएको छ । 

नेप्सेमा आज दुई सय २६ वटा कम्पनीहरुको ३० हजार छ सय ९६ पटकको कारोबारमा ४९ लाख ६७ हजार पाँच सय ६१ कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ७० करोड ७७ लाख ५२ हजार नौं सय ७८ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहरुको कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमुलक सहितका १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । 

यसैगरी आज कारोबार भएका कम्पनीहरु मध्ये सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा लार्ज क्याप फण्ड, रुरु जलबिद्युत कम्पनी आदिले कमाएका छन् भने नयाँ सारथी लघुवित्त वित्तीय संस्था, तेह्थुम पावर लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संंस्था आदिले गुमाएका छन् । अरुण कावेली पावर लिमिटेड, शिवम सिमेन्ट, अरुण कावेली पावर लिमिटेड, अपर तामाकोशी हाईड्रो पावर लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् ।