नेप्सेमा छलाङ : एक सय एक अंकले परिसूचक बढ्दा झण्डै पाँच अर्बको शेयर कारोबार


खबरस्टोरी संवाददाता
२९ फाल्गुन २०७८, आईतवार
नेप्सेमा छलाङ :  एक सय एक अंकले परिसूचक बढ्दा झण्डै पाँच अर्बको शेयर कारोबार

काठमाडौँ।  साताको पहिलो कारोबार दिन नै नेप्सेले छलाङ मारेको छ । आईतबार नेप्से एक सय एक दशमलव सात अंकले बढेर २६ सय ६७ दशमलव ९७ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३७ अंकले बढेर पाँच सय नौ दशमलव ९० अंकमा चढेको छ । 

नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरुको ६४ हजार छ सय ३५ पटकको कारोबारमा ९० लाख २२ हजार आठ सय ९० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ८७ करोड सात लाख १५ हजार तीन सय ८७ रुपैयाँ पुगेको छ । 

सबै किसिमका गरी आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त समुहहरुको सुचक उच्च अंकले बढेका छन् । यि बाहेकका होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य लगायतका समुहहरुको सुचक पनि बिगतको तुलनामा उच्च अंंकले बढेका छन् । 

नेप्सेमा आज ज्योति लाईफ इन्स्योरेन्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक आदिले कमाउँदा मेगा म्युचुअल फण्ड, नबिल बैंकको ऋणपत्र, प्र्राईम कर्मशियल बैंकको ऋणपत्र आदिले गुमाएका छन् । कारोबार भएको रकमको आधारमा भने आज शिवम सिमेन्ट, अपी पावर लिमिटेड, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल टेलिकम अगाडि परेका छन् ।