दुई सय ३१ वटा कम्पनीहरुको ४२ हजार सात सय १२ पटकको कारोबारमा आज ३९ लाख ५८ हजार नौ सय १४ कित्ता सेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार आठ सय १४ रुपैयाँमा सिमित रहेको छ ।
नेप्सेमा आज कारोबार भएका १३ वटा उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक उच्च अंकले घटेका छन् । सोही आधारमा नेप्से आज पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मजिङ नेपाल लिमिटेड आदिले कमाएपनि आईसीएफसी फाईनान्स, प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी आदिले भने गुमाएका छन् । जीवन बिकास लघुवित्त वित्तीय संस्था, अपी पावर लिमिटेड, लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड आदिको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।