नेप्सेमा करेक्सन जारी, कारोबार रकम भने ८८ करोडमा खुम्चियो


खबरस्टोरी संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार
नेप्सेमा करेक्सन जारी, कारोबार रकम भने ८८ करोडमा खुम्चियो
काठमाडौं। नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । नेप्से आज बिहिबार आठ दशमलव तीन अंकले बढेर २२ सय ३९ दशमलव ६० अंकमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३९ अंकले बढेर चार सय ३६ दशमलव ४७ अंकमा चढ्न सफल भएको छ । 

दुई सय २२ वटा कम्पनीहरुको आाज १८ हजार आठ सय आठ पटकको कारोबारमा २३ लाख २४ हजार छ सय ६५ कित्ता सेयर किनबेच भएको छ । सो अनुसार आज कुल कारोबार रकम ८८ करोड ९८ लाख ३४ हजार नौं सय नौं रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । ति मध्ये बाँणिज्य बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त, टे«डिङ, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समेतका गरी आठ वटा समुहहरुको सुचक बढेका छन् भने बिकास बैंक, जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन, र अन्य सहितका पाँच वटा समुहको घटेका छन् । 

कारोबार भएका कम्पनीहरु मध्ये आज मेगा बैंक लिमिटेड, गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी आदिले कमाएका छन् भने गुराँस लघुवित्त वित्तीय संस्था, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, मैलुङखोला जलविद्युत कम्पनी आदिले गुमाएका छन । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज मेगा बैंक, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।