नेप्सेमा तीन दशमलव ६६ अंकको गिरावट


खबरस्टोरी संवाददाता
२२ फाल्गुन २०७८, आईतवार
नेप्सेमा तीन दशमलव ६६ अंकको  गिरावट

काठमाडौँ। नेप्सेमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार कारोबार खुलेको केही समय नेप्से घटेपनि मध्यतिरको समयमा नेप्से बढेको थियो । तर त्यो बढाई अन्तिम समयसम्म टिक्न सकेन । अन्तिम समयमा आईपुग्दा आज नेप्से तीन दशमलव ६६ अंकले घटेर २५ सय ४३ दशमलव ३९ सिमित हुन पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव ३१ अंकले बढेर चार सय ९० दशमलव १३ अंकमा टेक्न सफल भएको छ । 

नेप्सेमा आज दुई सय ३० वटा कम्पनीहरुको शेयर कारोबार भएका छन् । जसबाट ४५ हजार छ सय २२ पटकको कारोबारमा ५१ लाख ३९ हजार दुई सय ३९ कित्ता किनबेच भएको भने कारोबार रकम दुई अर्ब ४९ करोड ३२ लाख ४१ हजार दुई सय ७३ रुपैयाँमा सिमित हुुन पुगेको छ । 

कारोबार भएका १३ वटा समुहहरु मध्ये आज बाँणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन र अन्य समुहको सुचक सामान्य अंकले बढेको देखिएपनि जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र लगानी सहितका नौ वटा समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । 

कारोबार भएका कम्पनीहरु मध्ये भने आज मैलुङ खोला जलबिद्युत कम्पनी, नेपाल ल्युव आयल, आदिको शेयर मुल्य बढेको छ भने आईसीएफसी फाईनान्सको संस्थापक शेयर, रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य घटेको छ । यसैगरी आज शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएका छन् ।