नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरुको ४५ हजार ७६ पटकको कारोबारमा ५२ लाख ९८ हजार पाँच सय ४३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब २४ करोड ४८ लाअख ४३ हजार आठ सय २५ रुपैयाँ पुुगेको छ । १३ वटा समुहको कारोबार भएको मध्ये आज निर्जिवन बीमा र जीवन बीमा समुहको सुचक बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक भने घटेका छन् ।
यसैगरी आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी आदिले कमाएका छन् भने नेपाल फाईनान्स, नारायणी डेभलपमेन्ट बैंक आदिले गुमाएका छन् । रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज जीवन बिकास लघुवित्त वित्तीय संस्था, नेपाल टेलिकम लगायतका कम्पनीहरु परेका छन् ।