एमसीसीको उल्टो प्रभाव नेप्सेमा : फेरि ६३ अंकले ओर्लियो, सबै सुचक रातै


खबरस्टोरी संवाददाता
१८ फाल्गुन २०७८, बुधबार
एमसीसीको उल्टो प्रभाव नेप्सेमा : फेरि  ६३ अंकले ओर्लियो, सबै सुचक रातै

काठमाडौँ । एमसीसी पास भएपछिको दोस्रो दिनको शेयर कारोवार पनि घटेको छ । एमसीसी पास भएपछिको दोस्रो कारोवार दिन आज बुधबार (साताको चौथो कारोवार दिन) नेप्से पुन घटेको छ । आज नेप्से ६३ दशमलव ९८ अंकले घटेर २५ सय ४६ दशमलव ६० अंकमा सिमित हुन पुगेको छ । 

सेन्सिटिभ इन्डेक्स पनि आज ११ दशमलव ५२ अंकले घटेर चार सय ८८ दशमलव ६९ अंकमा सिमित हुन पुगेको छ । एमसीसी पास भएपनि नेप्से बढ्ने अपेक्षा गरिएकोमा भएपनि यसको प्रभाव नेप्सेमा नदेखिदा आज पनि दुबै सुचक घटेका हुन् । दुई सय २८ वटा कम्पनीहरुको ५५ हजार दुई सय १२ पटकको कारोबारमा ७६ लाख ५२ हजार दुई सय चार कित्ता शेयर कारोबार भएका छन् । जस अन्र्तगत आज कुल कारोबार रकम तीन अर्ब ६२ करोड ११ लाख ४३ हजार नौ सय ७९ रुपैयाँ पुगेको छ । आज १३ वटा समुहको कारोबार भएतापनि सबै समुहहरुको सुचक घट्दा नेप्से पुरै रातो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा समुहरुको सुचकमा उच्च अंकले गिरावट देखिएको छ भने बाँकी समुहरुको सुचक सामान्य अंकले घटेका छन् ।  

आज कमाउने कम्पनीहरुको सुचीमा भने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी, सिभिल बैंक, महुली लघुुवित्त वित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनी, तेह्थुम पावर लिमिटेड आदि परेका छन् । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल टेलिकम, अपी पावर लिमिटेड आदि भने आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा परेका छन् ।