नेष्डो लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै


खबरस्टोरी संवाददाता
२४ फाल्गुन २०७८, मंगलवार
नेष्डो लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ आज (मंगलबार) बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।

नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट  ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएको थियो । सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएको थियो ।