यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यो अफरअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ ।
यसका साथै दुई सयदेखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जीबीको डाटा प्याक र पाँच सय तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक उपलब्ध गराइएको छ ।यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुने कम्पनीको विश्वास रहेको छ ।