नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार हालसम्म २४ ओटा सेवा प्रदायकले १ करोड ३५ लाख ३९ हजार ९७३ रुपैँया भाडा तिरिसकेको छ ।
केन्द्रका इन्जिनीयर राजेन्द्र पौडेलले अझ पनि करीब ८० लाख रुपैयाँ उठ्न बाँकी रहेको बताए । पौडेलका अनुसार अझै तीन ओटा पोल भाडा सेवा प्रदायकले तिर्न बाँकी रहेको छ । पोल भाडा तिर्न भायानेट,क्लासिक टेक र सिम टिभीले तिर्न अटेर गर्दै आएको छ ।