पहिलो पटक राष्ट्रिय बीमा नीति ल्याइँदै


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
पहिलो पटक राष्ट्रिय बीमा नीति ल्याइँदै
काठमाडौं । सरकारले पहिलो पटक राष्ट्रिय बीमा नीति ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै राष्ट्रिय बीमा नीति ल्याउने बताएका हुन् । बीमा समितिले यसअघि यस्तो नीति ल्याउन सरकारलाई आग्रह गर्दै आएको थियो । 

त्यस्तै, सरकारले बीमा क्षेत्रलाई लक्षित गरेर छुट्टै ऋणपत्र जारी गर्ने  गरि अध्ययन गर्ने भएको छ । अर्थमन्त्री शर्माले आगामी आ.व.को बजेट प्रस्तुत गर्दै बीमा क्षेत्रलाई लक्षित गरेर छुट्टै ऋणपत्र जारी गर्ने  गरि अध्ययन गर्ने बताएका हुन् । बिशेषगरि बीमा महाविपत्ति बोन्ड जारी गर्ने गरी अध्ययन अगाडि बढाइने मन्त्री शर्माले बताए ।