पुँजीबजार सुधारको माग गर्दै आज राष्ट्र बैंक अगाडि लगानीकर्ताहरुले प्रदर्शन गर्ने


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
पुँजीबजार सुधारको माग गर्दै आज राष्ट्र बैंक अगाडि लगानीकर्ताहरुले प्रदर्शन गर्ने
  काठमाडौँ । पुँजीबजार सुधारको माग गर्दै आन्दोलनरत सेयर लगानीकर्ताहरूले आज नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन गर्ने भएका छन्। राष्ट्र बैंक अगाडि गत जेठ २३ गतेदेखि १९ बुँदेमाग सहित निरन्तर आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले आज फेरी प्रदर्शन गर्ने भएका हुन् ।

स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्कीले आज नक्साल भाटभटेनी नजिक गहनापोखरीमा साढे १२ बजे लगानीकर्ता भेला भएर १ बजे र्यालीसहित राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रमको र्याली गहनापोखरीबाट १ बजे सुरु हुने तय भएको बताएका छन्। 

असार १ गतेदेखि धितोपत्र बोर्ड अगाडि लगानीकर्ता एवं पुँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला आमरण अनशन बसिरहेका र उनको स्वस्थ्य अवस्था थप   कमजोर बन्दै गएको छ।