पोखराबाट काठमाडौं उडेको बुद्ध एयर जनकपुर पुगेपछि


खबरस्टोरी संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार
पोखराबाट काठमाडौं उडेको बुद्ध एयर जनकपुर पुगेपछि
पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ ।

साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको हो ।त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो ।