पुन: २० अर्ब रुपैयाँँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता
२९ जेष्ठ २०७९, आईतवार
पुन: २० अर्ब रुपैयाँँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडौँ। भोलि सोमबार पुन: २० अर्ब रुपैंयाँको ट्रेजरी बिल जारी हुने भएको छ । राष्ट्र बैंकका सो दिन अपरान्ह तीन बजेसम्ममा बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि उक्त ट्रेजरी बिल खरिद गर्न सक्ने छन् । 

जारी मिती मंगलबार तोकिएको उक्त ट्रेजरी मध्येमा ९१ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँको रहेको छ । जसमध्ये पुरानो नवीकरण अन्र्तगत १५ र बाँकी पाँच अर्ब रुपैंयाँ बराबरको टे«जरी बिल नयाँ रहेको छ । 

भोलि बिक्री हुने उक्त ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश: २०७९ भदौ २८ गते, २०७९ मंसिर २७ गते र २०८० जेठ ३० गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि जेठ २३ गते पनि राष्ट्र बैकले २१ अर्ब नौं करोड रुपैयाँको टे«जरी बिल बिक्री गरेको जानकारी दिएको छ ।