जारी मिती मंगलबार तोकिएको उक्त ट्रेजरी मध्येमा ९१ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँको रहेको छ । जसमध्ये पुरानो नवीकरण अन्र्तगत १५ र बाँकी पाँच अर्ब रुपैंयाँ बराबरको टे«जरी बिल नयाँ रहेको छ ।
भोलि बिक्री हुने उक्त ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश: २०७९ भदौ २८ गते, २०७९ मंसिर २७ गते र २०८० जेठ ३० गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि जेठ २३ गते पनि राष्ट्र बैकले २१ अर्ब नौं करोड रुपैयाँको टे«जरी बिल बिक्री गरेको जानकारी दिएको छ ।