प्रि-ओपन सेसनमा ९.२० अंकले बढ्यो नेप्से


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
प्रि-ओपन सेसनमा ९.२० अंकले बढ्यो नेप्से
काठमाडौं।  साेमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ । यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ । यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ ।

१४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हो । ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ ।