प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। प्रभु बैंकका  एकजना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्री गर्ने भएका छन् । बैंकको संस्थापक सेयरधनी पूर्णमान शाक्यले आफ्नो स्वामित्वमा रहेको उक्त परिणामको सेयर बिक्री गर्न चाहेपछि बैंकले शुक्रबारदेखि बिक्री खुल्ला गरेको हो । 

यसमा संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकले यहि असार १७ गतेदेखि ३५ दिन भित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन प्रभु बैंकको प्रधान कार्यालय बबरमहलमा दिन सकिनेछ । तोकिएको अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा दोस्रो चरणमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।